काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँगको एकताको बाधकको रुपमा आफूलाई देखाएकोप्रति असन्तुष्टि जनाएका छन्।
माओ दिवस र वर्तमान नेपाली राजनीति विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुको सम्बन्धमा कालो बादल ल्याउने प्रयास भइरहेको बताए।
उनले विगतमा एउटै थालमा भात खाएको सम्झिँदै भने, ‘उहाँ भूमिगत हुँदा पनि छलफल चलिरहेकै थियो। बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो। माओवादी पुनर्गठनको अभियानलाई मैले नै सुरु गरेको हुँ। पछिल्लो समय हाम्रो सम्बन्ध राम्रो छ। माओवादी आन्दोलनलाई एकताबद्ध बनाउने बिषयमा छलफल भइरहेको छ। एक महिनाअघि कपिलवस्तुमा उहाँको निवासमा गएको थिएँ, हामीले केही संक्षिप्त कुराकानी गरेका थियौं। विप्लव र माओवादीबीच एकताको बाधकका रुपमा समेत चर्चा गर्ने प्रयत्य गरियो। तर, हामी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा स्पष्ट छौं।’
उनले आफूहरुको निरन्तर भेटले बाहिर भइरहेको चर्चालाई खारेज गरेको दाबी गरे। २०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सारेपछि अलग भएपनि अहिले एकताबद्ध भएर अयिघ बढ्नुपर्न भन्नेमा एकमत रहेको सुनाए।

Leave a Reply