एमालेकाे निर्णय : भीम रावल निष्कासित, उषाकिरण र विन्दालाई ६ महिना निलम्बन (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठित सदस्यबाट निष्कासन गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीविपरीत रहेको भन्दै संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको ज्ञवालीले बताए ।

त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारको कामकारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उनले बताए ।

सचिवालय बैठकले संविधान संशोधन गर्न, संसदमा बिचाराधिन रहेका विधेयकलाई अन्त्य गर्नका लागि र बिभिन्न बिषयमा समान धारणा बनाउन चार–चार सदस्यीय दुईदलीय संयन्त्र बनाउने निर्णय गदै संयन्त्रको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ ।

बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी , यसअघि सचिवालय, स्थायी कमिटी तथा पोलिट्व्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्ड तयार गरेको ज्ञवालीले बताए ।

 

Comments

6 responses to “एमालेकाे निर्णय : भीम रावल निष्कासित, उषाकिरण र विन्दालाई ६ महिना निलम्बन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    हो अहिले भने स्वाद पर्ने निर्णय गर्यो एमालेले । पार्टीको नेतालाई अराजक हुने छुट छैन ।भिम रावललाई एमाले किन चाहियो ? न उनले एमालेलाई केही गुन लगाएका छन न समर्थन नै गरेका छन् । पाईलै पिच्छे पार्टी निर्णयको विरोध गरेर दुनिया हसाउँने र भारतीय दलालहरूलाई मसला बनाईदिनेभन्दा अरू के काम गरेका छन् ? अराजक तरिका अपनाउने नेतृहरू पनि पार्टीमा काम छैन । चित्त नबुझेको कुरा कमिटीमा भन्ने हो । दलाल र एमाले विरोधी पत्रिकाले छापिदिन्छन भनेर जे पनि बोल्दै हिडने ? मीन बहादुरले दिएको दानको जग्गा कानून बमोजिम रेछ कि रैनछ ? कुन चाहिँ पार्टीले यस्तो सहयोग लिएको छैन ? एमालेले पनि यस अघि पटक पटक यस्तो दान लिएको थियो । अहिले चाहिँ किन बहुलाएका यिनीहरू ? एमाले भनेको जे पनि बोल्ने र जे पनि गर्ने अरूजस्तो पार्टी होईन । यो त जिम्मेवार, देशको भविष्यको जिम्मा लिएको र देशलाई समृद्व र जनतालाई सुखी बनाउने महान अभियानमा हिडेको पार्टी हो । एमाले नभए देशै रहदैन ल । ठोकुवा गरिदिन्छु म त । अरू त सबै बिकाउ माल हुन् । फाईदा पाए देशै पनि बेचिदिन्छन् । एमालेको पुच्छर भएर भनेको होईन अहिलेसम्म एमाले र अरू पार्टीले गरेका काम कुरा हेरेर देखेर भनेको हो । लिनुदिनु केही छैन । देशको मायाले भनेको हो । यो पार्टीलाई पाईलैपिच्छे खेदने दलाल, भ्रष्टाचारी, ज्यानमारा, बलत्कारी देशी विदेशी तत्व कति छन् छन् । तिसँग लडनु परिरहेको छ । त्यहि बीचमा ताई न तुईको कुरा लिएर पार्टीका नेताको रूपमा रहेका भारतीय दलाल र अराजकहरूले पनि दुख दिन थाले पछि कतिवटासँग लडेर आफ्नो उद्देश्य पूरा गर्ने ? यस्ता अराजकहरूलाई पनि तिनै झुण्डमा मिसाईदिएर एकैचोटी लडनुपर्छ । यस्ता निर्णय गर्दै जाउ एमाले ।

  2. RA Avatar
    RA

    Uml patan ko bato ma ,

    1. Nagendra Avatar
      Nagendra

      Sahi !!!

  3. Nagendra Avatar
    Nagendra

    रावल प्रबृत्ति !!!
    ==========
    १. नैतिक थिए भने त माकुने, प्रचन्ड, झलनाथ, भुसाल संगै नारिएर आफ्नै पार्टीको सरकार गिराएर देउवालाई बिन्ति चडाउन धाउने यिनी (हरु) उहिलेनै बाटो लाग्ने थिए !!
    २. खैर केहि छैन, गल्ति मान्छेबाट हुन्छ र भयो भन्ने सम्झेर रावललाई नेता मान्यो एमाले पंक्तिले !! तर रावलको भूमिका उही ‘नेपाली नागरिकता बोकेर भारतको चाकडी’ गरे जस्तो एमाले सदस्य हुने तर काम सको लागि गर्ने : रावलको भूमिका पार्टी काममा के रह्यो ?? नेतृत्व मा प्रतिस्पर्धा सामान्य कुरा तर पार्टी काम र जिम्मेवारी को मिल्न सक्ने भूमिका अस्विकार गर्ने र महधिबेसनले चुनेको नेतृत्वलाई नेता मान्न तयार नहुने : यो अराजकता हैन ??
    ३. ब्येक्ति मन पर्छ या पर्दैन ठुलो कुरा हैन तर त्येही नाउँमा पाइला पाइलामा दांत बझाउनु पर्छ ?? देश बनाउने नीति, कार्यक्रम र ब्येवाहारिक कार्यन्वयनमा कसकसको कस्तो भूमिका भयो :: कि जग खुसी पार्ने र जग हसाउने काम मात्र भयो ?? नेताको काम के, नेतृत्वको काम के अनि गर्ने के, बोल्ने के : : केहि थाहा हुन्न ??
    ४. नेतृत्वमा प्रतिस्पर्धा महाधिबेसनामा हुन्छ, जब त्यो सकिन्छ, अर्को अधिबेसन सम्म चुनिएको नेतृत्वलाई स्विकार्नु पर्छ, सघाउनु पर्छ, एक मतले पार्टी र देश निर्माणमा एक जुट हुनु पर्छ, अल्झाउने, छिर्के लगाउने र कस कस संग आन्द्रा जोडिएर उतैको बिकार यता ल्याएर पोख्न र दुर्गन्धित बनाउन पाइञ्छ कि पाइन्न : आफै भन !!
    ५. ब्येक्ति कहिले पनि संस्था भन्दा माथि हुन सक्तैन !! नेपालमा, संस्था भन्दा ब्येक्ति माथि ठान्ने, आफु अरु भन्दा भिन्नै देखिएर संस्था आफु भन्दा नगन्य हो, आफुलाई पुज्नु पर्छ भन्ने जस्तो प्रबृत्ति नत्यागे सम्म न ब्येक्तिको ब्येक्तित्व बन्छ, न नेतृत्वको लागि योग्यता पुग्छ, न ब्येक्तिको भूमिका प्रभावी बन्छ न त्येसको पार्टी र देशले त्येशको अनुभाव गर्छ :: सामाजिक संजालमा छाएर लाइक र सब्स्क्राइबमा योग्यता खोज्ने भए पार्टीको नेता कसरी बन्ने !!??

  4. ksp pyl Avatar
    ksp pyl

    अब एमालेले आफ्नो सदस्य नै नरहेको भिम रावलको भ पनि उच्चारण नगरौं । भिम रावल लगायत एमालेको विरोध गर्ने स्वदेशी र विदेशी दलाल त बजारमा छ्याप्छयाप्ती छन् । ती सबैको एकैसाथ डटेर प्रतिकार पनि गरौं र मुख्य काम यो देश बनाउने हो त्यसमा ध्यान केन्द्रित गरौं । एमालेले नबनाए कसले बनाउछ यो देश ? कोहि देखिन्छ बनाउने खालको ? अरू त राजनीतिलाई कमाउने धन्दा बनाईरहेका छन् । धन्दा गर्दा जे पनि गर्न तयार हुने परे अरू ।

  5. मनोज Avatar

    तिमिहरुले पनि अब पार्टीलाई क्लब बनाउन खोजेको हो? येस्तै पाराले हो भने ८४ मा ८४ गरिदेलान होस गर, दम्भ अति भो यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *