त्रिपिण्डी श्राद्ध र वास्तु विषयमा दुई दिन बृहत् गोष्ठी हुने

रुपन्देही । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीको नयाँगाउँमा यहि पुस १२ र १३ गते बृहत् गोष्ठी हुने भएको छ । उक्त गोष्ठी त्रिपिण्डी श्राद्ध,वास्तु एवं ज्योतिषसँग सम्बन्धित रहने आयोजक समितिले जनाएको छ ।

धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयवस्तुहरुमा त्यसैसँग सम्बन्धित विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।

त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई, व्रतबन्ध मुहूर्तका विषयमा हिमाल पञ्चाङगका पञ्चाङगकार प्रा.डा.विश्वनाथ त्रिपाठी, जन्म कुण्डलीमा पितृदोष समस्या र समाधानका विषयमा त्रिभुवन विश्वविद्यालयका सहप्रा.ज्यो.दीनानाथ पण्डित, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तुविभागका प्रमुख ई.लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने गरी तयारी रहेको विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति ज्यो।जनार्दन न्यौपानेले बताएका छन् ।

कार्यक्रमको उद्घाटन एवं आशीर्वचन सन्त शिरोमणि लोकानन्द महाराजबाट हुनेछ भने दुई दिनसम्म सन्चालन हुने उक्त कार्यक्रम रुपन्देहीको स्वामीनारायण मुक्तिनाथ धाम नयाँगाउँमा रहने आयोजकले बताएको छ । उक्त कार्यक्रममा प्रवेश निःशुल्क रहेकोले सबै पण्डित, ज्योतिष तथा धार्मिक क्षेत्रका अगुवाहरुलाई कार्यक्रममा सहभागी हुन आयोजकले अपील गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *