लुम्बिनी मन्त्रिपरिषद बैठकः पाँचौं अधिवेशन आह्वानका लागि सिफारिस

रुपन्देही। लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमवार सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।

‘पाँचौ अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ’मन्त्री पन्थीले भने, ‘अब सदन चल्छ र नियमित छलफल हुन्छन् ।’

भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो । साढे तीन महिनापछि पाँचौं अधिवेशनको बैठक बस्न लागेको हो । यस्तै बैठकले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *