कांग्रेसमा ४०/६० को भागबण्डाबारे शेखर: देउवाले सबैको कुरा नसुनेपछि बाध्य भएँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्र विचलन रहेको स्वीकार गरेका छन्।

कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुनेपछि आफूले ४०/६० को भागबण्डा माग्न बाध्य भएको बताए।

उनले भने, ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ, स्वीकार्नुपर्छ। अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर ४०/६० को भागबण्डा भनेर भन्नुभयो। मैले पहिला भनेकै हो। तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन। उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ। राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ। यो हामीले बुझ्न जरुरी छ।’

उनले पार्टीभित्र गुट फस्टाइदिनको लागि सभापति देउवाको भूमिका रहेको आरोप लगाए।

उनले थपे, अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी हो। गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहेछ। अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ। त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ। विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *