काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई ठूला दल मिलेर बनेको सरकारले पनि जनताका आशा र अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार विकास र समृद्धिको बाटोमा हिँड्न नसकेको बताए।
उनले भने, ‘अहिले दुइटा ठूला दलको सरकार छ। ठूला दुइटा दलको सरकारले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्छ भन्ने ठानेका हामी सबैले थियौं। तर यो पाँच महिनामा आइपुग्दा सम्बोधन नगरेको भन्ने कुरा यहाँहरुबाट नै सम्प्रेषण भइरहेको छ। पक्कै पनि यो सत्य नै होला भन्ने मलाई लाग्छ। विकास र समृद्धि, सुशासनको सन्दर्भमा जुन गति लिनुपथ्र्यो। त्यो ढङ्गमा यो सरकारले काम गरिरहेको छैन भन्ने कुरा आइरहेको छ। त्यतातिर मेरो ध्यानाकार्षण भएको छ।’
जनतामा निराशा बढ्दै जाने खतराबाट वर्तमान राजनीतिक व्यवस्था र पार्टीहरुप्रति नै गम्भीर खतरा उत्पन्न हुनसक्ने स्थिती देखिएको बताए।
उनले थपे, ‘जनतालाई निशास बनाउने होइन। सुशासन, विकास र समृद्धिको एजेण्डाहरुमा जनतालाई आशा जगाउने दिशातिर सरकार अगाडि बढ्नुपर्छ।’

Leave a Reply