एउटै सामुदायिक विद्यालयमा बाँडियो १ करोड ३० लाखको छात्रवृत्ति

रुपन्देही। रुपन्देहीको बुटवलमा रहेको कालिका मानव ज्ञान माविमा १ करोड ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालयमा विभिन्न दाताहरुबाट स्थापित ६२ प्रकारका छात्रवृत्तिबाट २ सयभन्दा बढीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिका विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाई केन्द्रको रुपमा लिनुपर्ने बताए।

‘यस विद्यालयले सबै क्षेत्रमा उत्कृक्ष्टता हासिल गरेको छ। यसबाट अन्य विद्यालयहरुले सिक्न जरुरी छ’उनले भने,‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावि योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हाँसिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’

२०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले ३५२ जना शिक्षकमध्ये ६८ जना मात्रै सरकारी सेवा सुविधा लिएका छन् । यहाँ साढे ८ हजार विद्यार्थी अध्ययनरत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *