पावर प्लेमा जनकपुरले बटुलेको रनले नतिजामा फरक पर्‍यो: प्रशिक्षक टमाटा (भिडिओ)

काठमाडौं । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन् ।

फाइनलमा पराजित भएपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक टमाटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्लेमा जोडेको रनले नै खेलमा प्रभाव परेको औंल्याए ।

उनले आफ्नो टोलीले पहिलो विकेटका लागि राम्रो ब्याटिङ गर्दै राम्रो शुरु गरेअनुरूप १०-१५ रन कम भएको पनि बताए ।

विकेट पनि हुँदा राम्रो सुरुवात भए पनि त्यसलाई ठूलो योगफल बनाउन नसकिएको प्रशिक्षक टमाटाको भनाइ छ ।

‘पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नु खराब पक्ष रह्यो’, उनले भने, ‘प्रतियोगिताभर जस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बन्यो ।’

प्रशिक्षक टमाटाले आफूहरूले भन्दा जनकपुरले राम्रो क्रिकेट खेल्दा उपाधिको हकदार बनेको बताए ।

घरेलु र उमेर समूहका क्रिकेटरले एनपीएलमा राम्रो क्रिकेट खेलेकाले नेपाली क्रिकेटका लागि यो सुखद पक्ष रहेको उनको बुझाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *