छुट्टै मन्त्रालय थप्न सक्दैनौं, स्वास्थ्य तथा आरोग्य योग मन्त्रालय बनाउन सकिन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनले निर्दिष्ट गरेकोभन्दा मन्त्रालय थप्ने अवस्था नभएको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानअनुसार २१ वटाभन्दा मन्त्रालय बनाउन नपाइने भएकाले स्वास्थ्य मन्त्रालयमै आरोग्य योग थप गर्न आवश्यक छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीसँग संविधान र कानूनले निर्दिष्ट गरेका मन्त्रालयहरु छन् । हामी २१ वटाभन्दा बढी मन्त्रालय बनाउन सक्दैनौं । त्यसकारण यिनै मन्त्रालयहरुमा गाभेर स्वास्थ्य तथा आरोग्य मन्त्रालय, स्वास्थ्य तथा आरोग्य योग मन्त्रालय भनेर त्यसलाई बनाउने कि अथवा अर्को केही गर्ने कि आदि कुराहरु अलिकति व्यापक छलफल नगरिकन फ्याट्ट भन्न नसकिने भएको हुनाले मैले अहिले नभनेको हुँ । यसलाई हामी छलफल गरेर बाटो निकाल्छौं र योग हाम्रो हो, ध्यान हाम्रो हो ।’

प्रधानमन्त्री ओलीले नेपाली भूमिले उत्पन्न गरेको ध्यान विश्वका लागि उपयोगी रहेको जिकिर गरे ।

उनले थपे, ‘यो एउटा अदृश्य जडिबुटी हो । सबैभन्दा प्रभावकारी जडिबुटी यस धर्तीबाट उब्जिएर विश्वमा फैलिँदैछ । यसलाई हामीले विश्वव्यापी रुपमा फैलाउनुपर्दछ । नेपालीहरुले आफूलाई इन्लाइन्टमेन्ट गर्दै लगेर विश्वलाई नै एकदमै ज्ञानको प्रज्ज्वलित ढंगले अगाडि बढाउने काम गर्न सक्छौं । हामीसँग सर्टिफिकेटहरु छन्, हाम्रा पढाइहरु उच्च छन्, तर हामीभित्र मानवीयता, शान्तिको भाव, भद्रताको भाव र सुखका मुहानहरु कति उब्जाउन सकेका छौं । यसलाई अपनाउने र विस्तार गर्न आजको यो दिनले हामीलाई प्रेरणा दिओस् ।’

नेपाली समाज सभ्य र सुस्कृत भए पनि अहिले अलिकति बिग्रिन खोजेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले थपे, ‘अराजतकता जस्तो देखिन खोज्दैछ । त्यसलाई मुक्त गर्ने र सभ्य भाषा, सभ्य संस्कृति र सकारात्मक कामबाट आफूलाई अगाडि बढाउँदै र अरुलाई पनि अगाडि बढ्न मद्दत गर्ने ध्यान यसमा जोड दिन जरुरी छ ।

Comments

One response to “छुट्टै मन्त्रालय थप्न सक्दैनौं, स्वास्थ्य तथा आरोग्य योग मन्त्रालय बनाउन सकिन्छ: प्रधानमन्त्री”

  1. Jhamak B. KARKI Avatar
    Jhamak B. KARKI

    This is need now, early implementation with first year’s progress should be shared next year to public. We, Jeevan VIGYAN trainers are regularly committing minimum 90 minutes every day for us with practioners in physical meditation centers, virtual platforms and on media. We can be used by govt.further. Very good starting from Govt.

Leave a Reply

Your email address will not be published. Required fields are marked *