विराटनगर । नेपाल जेसिजका ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउँदै छन् ।
इटहरीमा आजबाट शुरु हुने महाधिबेशनको उद्घाटन गर्न प्रधानमन्त्री ओली १२ बजे विराटनगर पुग्ने कार्यतालिका रहेको छ । उनले एक बजे नेपाल जेसिजको महाधिबेशनको उद्घाटन गर्ने तयारी छ ।
महाधिवेशन आयोजक समितिका निर्देशक दिपक ढकालले इटहरी जेसीजको आतिथ्यतामा हुने राष्ट्रिय माहाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनमा देशभरका १७८ शाखाबाट २ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन ।
महाधिवेशनमा १ हजार २ सय ४६ जना प्रतिनिधिले पर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछन ।महाधिवेशन मार्फत सन् २०२५ का लागि राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू चयन हुँदैछन् ।
अध्यक्षको लागि रश्मि शिल्पकार, विजय गुरुङ, रजनी थापा, नरेश चन्द्र ओझा, जीवन कार्की र सुनिल तिम्सिना प्रतिस्पर्धामा छन् । नेतृत्व चयनको लागी सोमबार मतदान हुने भएको छ ।
उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा इटहरी जेसीजका अध्यक्ष सुमन सुबेदीले बताए ।

Leave a Reply