काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन छलफलका एजेण्डा पेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आजबाट सुरु भएको बैठक भोलिसम्म चल्ने प्रवक्ता मोहन श्रेष्ठले बताए।
अध्यक्ष लिङ्देनले प्रस्तुत एजेण्डामाथि आजै छलफल सुरु भएको उनले बताए। बैठक भोलि दिउँसो १ बजे पुन बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुनुका साथै पृथ्वी जयन्ती र पार्टीका विभिन्न कार्यविधि लगायत विधि विषयमा पनि निर्णय लिने तयारी छ।

Leave a Reply