लोकरिझ्याइँको राजनीतिले दबाबमा छौं, कांग्रेस पनि बरालिन खोज्दैछ: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले लोकरिझ्याइँको राजनीतिको दबाबमा आफूहरु रहेको बताएका छन्।

कैलाश कोइरालाको उपन्यास शास्त्रको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले पार्टीको अधिवेशन र चुनावभन्दा बाहिर जान नसकेको बताए।

उनले भने, ‘हामी अहिले दुईटा कुरा मात्रै सोच्ने भइसक्यौं। सबैले अहिले पार्टीको अधिवेशन कहिले हुन्छ, चुनाव हारिन्छ कि जितिन्छ ? अहिले कांग्रेस भनेकै ०८२ र ०८४ भन्ने मात्रैं परेको छ। तर, कांग्रेसले समाजलाई अध्यारोबाट उज्यालोतर्फ लैजानुपर्छ। जुन बेलामा समाजमा जस्तोखालको अध्यारो छ। त्यसबाट देशलाई बाहिर निकाल्ने काम कांग्रेसले गर्नुपर्छ। देशमा भएका सबै नागरिकहरुलाई जोडेर त्यसबाट देशलाई अध्यारोबाट उज्यालोतिर लैजानु नै हाम्रो धर्म हो।’

उनले काम गर्दै गर्दा कहिले चुनाव, कहिले सरकारमा पनि पुगिने भएकाले त्यसलाई नै प्राथमिकता राखेर हिँड्न नहुने बताए।

उनले भने, ‘अहिले हामी सीमित भएका छौं, अहिले लोकरिझ्याइँको राजनीति आएको छ। त्यसको हामीलाई दबाब छ। त्यसलाई सच्याएर सुधारेर अघि बढ्नुपर्नेमा कहिलेकाहिँ हामी पनि त्यस्तै हुन्छौं। एउटा चटकेले आएर अनेक खालको नाटक गर्छ, यो गलत छ। तर, हामीलाई पनि बरालिएर त्यस्तै हुन मन लाग्छ। अहिले हामी सबै बहसबाट टाढा भएका छौं।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *