महिला यू- १९ एसिया कपः ११ ओभरको खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

काठमाडौं । महिला यु १९ एसिया कपको सुपर फोर अन्तरगतको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको झिनो लक्ष्य दिएको छ ।

११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट क्षतिमा ५४ रन मात्र जोड्न सक्यो ।

टस जितेर बंगलादेशले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपाली ब्याटरहरु सम्हालिन सकेनन् । नेपालका दुवै ओपनरसहित तीन ब्याटर दुर्भाग्यपूर्णरुपमा रनआउट भए ।

नेपालले १.५ ओभरमा ८ रन जोड्दा साना प्रवीन रनआउट भइन् । तेस्रो नम्बरमा आएकी कप्तान पूजा महतो र ओपनर सावित्री धामीबीच १९ रनको साझेदारी भयो । ४.५ ओभरमा २७ रन जोड्दा सावित्री पनि रनआउट भइन् । उनले १२ बलमा ११ रन बनाइन् ।

नेपाललाई ठूलो धक्का दिँदै बंगलादेशकी अनिशा अक्तर सोवाले पूजालाई आउट गरिन् । पूजाले ११ बलमा ९ रन बनाइन् । सोनी पाख्रिन पनि रनआउटको सिकार भइन् । तल्लो क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *