देशलाई भ्रष्टाचार मुक्त बनाउँछु, अनुहार नहेरी अपराध गर्नेलाई कारबाही हुन्छ: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।

ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सच्चाएर अघि बढाउन आफू नेतृत्वको सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं । देशको अवस्था सच्याउनुछ । गरिबीबाट माथि उठाउनुछ । देशलाई सुशासन दिनुछ । देशलाई भ्रष्टाचार मुक्त बनाउनुछ । मैले भनेको छु– भ्रष्टहरुको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’

प्रधानमन्त्री ओलीले जनतालाई दुःख दिन कर्मचारीहरुले पनि नपाउने बताए ।

Comments

One response to “देशलाई भ्रष्टाचार मुक्त बनाउँछु, अनुहार नहेरी अपराध गर्नेलाई कारबाही हुन्छ: प्रधानमन्त्री (भिडिओ)”

  1. Bipin Avatar
    Bipin

    Gaaf pani aba chai pachana sakena hai …council of ministry ma many corrupted peoples and he is saying so …ke hami Nepali latochau kay ko

Leave a Reply

Your email address will not be published. Required fields are marked *