हामीमाथि मिडिया ट्रायल भयो, ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछुः निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो खाताबाट ठूलो रकमको कारोवार भएको भनि प्रकाशित समाचारहरुप्रति प्रतिक्रिया जनाएकी छन् ।

प्रहरी अनुसन्धानको विषयमा मिडिया ट्रायल गर्न खोजिएको उनको आरोप छ ।सामाजिक सञ्जालमा स्स्टाटस लेख्दै पौडेलले ४ करोडमा किनेको घरको अहिलेसम्म किस्ता तिरिरहेको पनि बताएकी छन् ।

उनी भन्छिन्, ‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् । मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?’

आफूले सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेको भन्दै उनले संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको गुनासो गरेकी छन् ।

‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।’

हेर्नुस उनको स्टाटस

Comments

4 responses to “हामीमाथि मिडिया ट्रायल भयो, ४ करोडमा किनेको घरको अझै किस्ता तिर्दैछुः निकिता पौडेल”

  1. suresh sharma Avatar
    suresh sharma

    यिनका श्रीमान पनि पहिला पहिला टिभीमा कार्यक्रम चलाऊदा फलानोकोले यती खाए उती खाए यती भ्रष्टचार गरे भन्थे क्यार ।।

    1. manoj bohara Avatar
      manoj bohara

      Jai Jholey

  2. ksp pyl Avatar
    ksp pyl

    १२ भाइ नामका यो देशका गद्दारहरूको काम हुनुपर्छ यो । कारोवार भनेको जम्मा खर्च सबै जोडेर हो । जस्तै ४ करोड घर बनाउन ऋण लियो भने त्यो ऋण खातामा आउँदा ४ करोड जम्मा (Credit ) भयो । अब त्यो पैसा घर बनाउँदा विभिन्न कामका लागि खर्च (Debit) गरेर निकाल्दा जम्मा कारोवार ८ करोड भयो ।अब त्यसको किस्ता तिर्न पैसा हालिन्छ । प्रत्येक हालेको किस्ताको पैसा एक कारोवार र त्यो पैसा फेरि ऋण खातामा सार्दा अर्को कारोवार । भनेपछि कसैको खातामा यति कारोवार उति कारोवार भन्नुको कुनै तूक छैन । यो त गद्दार १२ भाइको धन्दा हो ।

  3. Nick Kashyap Avatar
    Nick Kashyap

    १२ भाइ ठगहरूको काम हो। यि ठगहरूको मिडीया नहेरेको धेरै भो, जे सुकै लेखुन् वास्ता पनि छैन। एउटा ठगले किर्केट टिम मा लगानी गरेछ रे, कताबाट पैसो ल्यायेछ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *