काठमाडौँ सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकार जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन् ।
आज दि राइजिङ नेपालको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गुरुङले जनताका समस्या सम्बोधन गर्न सरकार सधैँ प्रयत्नरत रहेको उल्लेख गर्दै जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका हुन् ।
उनले सहकारीमा भएको बेतिथिलाई समाधान गर्न, दुग्ध किसानको रकम भुक्तानी गर्न, उखु किसानका समस्या सुल्झाउन वर्तमान सरकार प्रयन्तर रहेको बताए । दसैँ अगाडि दुग्ध किसानलाई केही रकम भुक्तानी गरेको उल्लेख गर्दै बाँकी रकम पनि छिट्टै भुक्तानी हुने उनको भनाइ थियो । साथै उनले सहकारीपीडित र मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।
केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच ‘बिआरआई’ सम्झौता भएको उल्लेख गर्दै उनले उक्त सम्झौता राष्ट्र हितमा भएको बताए ।

Leave a Reply