एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज, भवन बनाउने बाटो खुल्यो

काठमाडौं । सर्वाेच्च अदालतले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धित पक्षले भवन बनाउन पाउने बाटो खोलिदिएको छ ।

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो ।

एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए । सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए ।

ज्ञानबहादुर बस्नेत, दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्चले तत्काल दान लेनदेन प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । संयुक्त इजलासले रिट खारेज गरेसँगै अब जग्गा पास तथा भवन निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको घिमिरले बताए ।

Comments

2 responses to “एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज, भवन बनाउने बाटो खुल्यो”

  1. ksp pyl Avatar
    ksp pyl

    भाडाका टट्टुहरू मुरमुरिने भए अब ।

  2. laleek Avatar
    laleek

    हार्दिक बधाई तथा शुभकामना छ, अन्त्यमा पार्टीभित्रकै नेताहरूले भोलिबाटै लागू हुने गरी राजिनामा आऊला भनि आश गरिबसाैला ….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *