नेकपा बैठक- विप्लवको १७ पेज लामो राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय समितिको छैठौं बैठक जारी छ।

बिहिबारबाट केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी बैठकमा महासचिव विप्लवले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको छ।

महासचिव विप्लवले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक मोर्चा खडा गरौं, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं’ भन्ने शीर्षकमा १७ पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

प्रस्तावमाथि शुक्रबार करिब तीन दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। आजपनि जारी नेताहरुले प्रतिवेदनमाथि धारणा राख्ने क्रम चलिरहेको छ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *