गुल्मीमा गाडी दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देही । गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी मुसिकोट नगरपालिका ४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका ८ का ४५ वर्षीय रबिनकुमार श्रीसको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन्।

त्यसैगरी गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका वडा २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *