काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले भारतीय क्रिकेटर आकर्षित गोमेललाई भित्र्याएको छ । लिग चरणका २ खेल खेल्न बाँकी पोखराले भारतका अलराउन्डर गोमेललाई टीममा अनुबन्ध गरेको हो ।
नेदरल्यान्ड्सका बास डे लिडे घाइते भएर बाहिरिएसँगै ३१ वर्षीय गोमेललाई भित्र्याएको पोखराका म्यानेजर किरण भट्टराईले जानकारी दिए ।
गोमेलले मुम्बईबाट भारतको घरेलु एक दिवसीय क्रिकेट विजय हजारे ट्रफी खेल्दै आएका छन् । उनी ओपनिङ ब्याटर हुन् ।
एनपीएलमा ५ खेल खेलेको पोखरा २ खेलमा जित र ३ खेलमा हारसहित ४ अंक जोड्दै सातौं स्थानमा छ ।

Leave a Reply