‘ढले ढले…’ गाउँदै स्टेजमा उफ्रिँदा शान्तारानीको चोलो फुस्किएपछि…

काठमाडौं । गायिका शान्तारानी परियार आफ्नो भाइरल गीत ‘ढले ढले…’ गाउने क्रममा स्टेजमा लज्जित भएकी छन् । गीत गाएर नाच्दानाच्दै उनको चोली फुस्कियो ।

नवलपरासीको सुनवलमा गत मंसिर १२ देखि २४ सम्म चलेको सुनवल महोत्सवमा प्रस्तुति दिन गएकी थिइन् शान्ता रानी । उनी आफ्नो स्टेज प्रस्तुतिमा ज्योती मगरकै शैलीमा उफ्रिपाफ्री गर्ने गर्छिन् । ढले ढले… गाउने क्रममा बुरुक–बुरुक उफ्रिँदा अचानक उनको चोलोको पछाडिको खिप फुस्किएको थियो ।

गाउँदागाउँदै चोलो फुस्किएको थाहा पाएपछि शान्तारानीले आत्तिँदै जिभ्रो टोकिन् र स्टेजको ब्याक इन्डतर्फ दौडिइन् । धन्न लामो कपालले छोपिएर उनको ढाड उदांगो हुन पाएन ।

स्टेजको सोफामा बसेकी एक महिला अतिथिले शान्तारानीको चोलोको खिप लगाइदिइन् । खिप लगाउने क्रममा पनि शान्तारानीले ‘ढले ढले…’ गीतलाई निरन्तरता दिइरहेकी थिइन्, तर उनी निकै नर्भस देखिन्थिन् ।

चोलो ठीक भएपछि उनी फेरि अगाडि आइन् र फेरि बुरुक बुरुक उफ्रिन थालिन् ।

Comments

2 responses to “‘ढले ढले…’ गाउँदै स्टेजमा उफ्रिँदा शान्तारानीको चोलो फुस्किएपछि…”

  1. दामाेदर Avatar
    दामाेदर

    हिपसम्मकाे नाङ्गा तिघ्रा हल्लाएर नाच्दा वा वा हुन्छ तर अचानक हुक चुडिएर ढाड देखिँदा लज्जाकाे विषय बनी सारा मिडियाले मसला पाउँछ । युगले के चाहन्छ?

  2. प्रभात बराल Avatar
    प्रभात बराल

    अहिलेका युवा जमातले रमाउने भनेकै त्यस्तै तिघ्रा, चाक, नितम्ब र चाेली त हाेनी । गीतकाे लय, सुर, स्वर, छन्द आदि त चाहिदा पनि चाहिदैन र कसैले मुल्याङ्कन पनि गर्दैन । अब हुँदा हुँदा उताकाे “मुजुरा” नाच आउने/ ल्याउने हल्ला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *