हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले प्रदेशसभाको बैठक अविलम्ब बोलाउन माग गरेको छ ।
हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि माओवादीले लामो समयदेखि स्थगित रहेको प्रदेशसभा अविलम्ब संचालन गर्न माग गरेको हो ।
पत्रकार सम्मेनलना बोल्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारको काम कारबाही कछुवा गतिमा चलेको र यस्तै अवस्थाले प्रदेशको विकास र समृद्धि नहुने बताए ।
पूर्व मुख्यमन्त्री समेत रहेका जम्कट्टेलले सरकारले बजेट कार्यन्वयनको सन्दर्भमा उदासिनता देखाएको र बजेट खर्च निकै न्यून रहेको उल्लेख गरे । प्रदेशमा कर्मचारीहरु बस्न नरुचाउने र पर्याप्त कर्मचारीलाई काम गर्ने वातावरण बनाउन सरकार असफल भएको उनको भनाई छ ।
टुक्रे योजनाहरुलाई कार्यविधि र नियम विपरित ठेक्कामा लैजाने गैर कानुनी काम सरकारले गरेको जम्कट्टेलको भनाई छ ।

Leave a Reply