विश्वविद्यालयमा मेरिटोरेसीको आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने कांग्रेसको धारणा छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्दा मेरिटोरेसीको आधारमा गर्नुपर्ने कांग्रेसको धारणा रहेको बताएका छन्।

कांग्रेसको शिक्षा विभागका प्रमुख समेत रहेका महरले काठमाडौंमा आयोजित प्राज्ञिक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै सबै विश्वविद्यालय र प्रतिष्ठानमा मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए।

उनले भने, ‘मैले डेढ दशकदेखि मेरिटोक्रेसीका आधारमा विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुनुपर्छ भन्दै आइरहेको छु। विश्वविद्यालयको गरिमा बढाउने पक्षमा दृढतापूर्वक कांग्रेस उभिँदै आएको छ। शिक्षाको उन्नयनका लागि कांग्रेसले देशव्यापी रूपमा शिक्षा नीति बहस अभियान सञ्चालन गरेको छ।’

उनले नेपालका सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा गर्नुपर्नेमा जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *