कांग्रेस-एमाले विचौलियाका मुखौटामात्रै हुन्, हामी जनताको तागत देखाउँछौं: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएको दाबी गरेका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेलाई विचौलियाहरुको मुखौटाको संज्ञा दिए।

 

उनले भने, ‘अहिले सरकारमा भएका राजनीतिक दलका नेताको हातमा राजनीति छैन । उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन्, विचौलियाहरुले घुमाएर रातको अँध्यारोमा आआफ्नो घर घुमाएर, नेताहरुलाई उठबस गराएर, नेताहरुलाई हामीले भनेको माने राख्छौं, नत्र राख्दैनौं भनेर गरिएका मुखौटाभन्दा बाहेक केही पनि देखिएन ।’

प्रतिक्रियावादी शक्तिहरुले संख्याको बल देखाएर आफूलाई सरकारबाट हटाएको भन्दै प्रचण्डले अब जनताको तागत देखाउने अभियानमा अघि बढेको सुनाए ।

उनले थपे, ‘हामीले सरकार छाड्दैगर्दा जनता र राष्ट्रप्रतिको निष्ठा विश्वाससहित आफूहरुले गरेको कमीहरुको समीक्षा गर्दै हामीले जनताको तागत देखाउनुपर्नेछ, विचौलियाहरुले संख्याको तागत देखाए । त्यसैले हामीले फेरि जनताको तागत देखाउन जनताको बीचमा गएर नयाँ अभियान चलाउँछौं ।’

Comments

One response to “कांग्रेस-एमाले विचौलियाका मुखौटामात्रै हुन्, हामी जनताको तागत देखाउँछौं: प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको बिचौलियालाई जनताले चिनीसके । बिआरआई रोक्ने अनि अरूले अघि बढाउन खोज्दा चाईना कार्ड भन्ने दक्षिणका बिचौलियालाई अब जनताले छोडने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *