बीआरआईबारे पुरानै अडान दोहोर्‍याउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीले ऋण होइन भन्नुभएको छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको जनाएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको बताए।

उनले भने, ‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुदानको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको बताए।

 

उनले भने, ‘प्रधानमन्त्रीसहित सबै नेताहरूले ऋण लिन सक्दैनौँ भनेर राखिसकेको अवस्थामा हामीले दुबिधा लिनुपर्ने छैन। प्रधानमन्त्रीले पनि त्यही पनि भनिराख्नुभएको छ। यो संसदमा पनि भन्नुहुन्छ होला।’

चीन सरकारसँग यसअघि भएका अनुदानको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताए।

Comments

One response to “बीआरआईबारे पुरानै अडान दोहोर्‍याउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीले ऋण होइन भन्नुभएको छ (भिडिओ)”

  1. Raj Avatar
    Raj

    काँग्रेसलाई मन नै थिएन बि आर आई मा हस्ताक्षर गर्न । यो त सब औलीको जोडवलमा भएको हो । कांग्रेसको बहुमतको सरकारले कुनै पनि हालतमा बि आर आई कार्यन्वयन हुन दिंदैन । यो कार्यान्वयन हुन एमालेको बहुमतको सरकार चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *