रविलक्षित प्रधानमन्त्रीको कटाक्ष- देश चलाउन सहकारी ठगे जस्तो हुँदैन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन् ।

आइतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् । उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताए ।

देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिए । उनले केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरे ।

‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्को पल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो । यि नर्कटहरु पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन्’, उनले भने, ‘कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको । अरुलाई बुरुक बुरुक उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई । म त्यतापट्टि जन चाहन्न । विकासको सन्दर्भमा यि सारा उत्तारचढाको बिचमा यो छोटो अवधिमा दमकमा मलाई खुशी लागेको छ ।’

प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताए । उनले लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताए ।

Comments

4 responses to “रविलक्षित प्रधानमन्त्रीको कटाक्ष- देश चलाउन सहकारी ठगे जस्तो हुँदैन (भिडिओ)”

  1. bipin Avatar
    bipin

    sarkari thagi hoina Combodia ma money hunu karne rahecha

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    साम्यबादी ओली किन कांग्रेस र गनगन थापा को हतियार बन्दैछन्? ज्यादती गर तिमीहरूको पतन निश्चित छ।

  3. Raj Avatar
    Raj

    ओलीको रबि प्रतिको कटाक्षले एमालेलाई राम्रो गर्दैन। अहिलेको उपचुनावले पनि यो कुरा प्रमाणित गरिसक्यो। सहकारीका ठगहरु सबै पार्टीमा छन् तर अरुलाई कारवाही नगर्ने तर रबिलाई एकोहोरो रुपमा खेद्ने कार्य जुन यो सरकारले गरेको छ, जनताले यसलाई सकारात्मक रुपमा लिएका छैनन् । कांग्रेस एमालेका सहकारी ठगहरुलाई पनि कारवाही गर सरकार।

  4. samir Avatar
    samir

    सहकारीको संचालक समितिमा नै नरहेको मान्छे कसरी सहकारी ठग हुन्छ, मूर्ख ओलि?!

Leave a Reply

Your email address will not be published. Required fields are marked *