हेटौँडा । स्पेनिस ला लिगाको शनिवार राती भएको खेलमा लिग लिडर बार्सिलोनाले बराबरीमा रोकिएको छ ।
इन्ज्युरी समयमा सम्हालिन नसक्दा बार्सिलोनाले रियल बाटिससँग २-२ को बराबरीमा चित्त बुझाउनु परेको हो ।
रोबर्ट लेवन्डोस्किको गोल मार्फत ३९ औँ मिनेटमा अग्रता लिएको बार्साले ६८ औ मिनेटमा गोल खायो ।
रियलको लागि केल्सोले पेनाल्टी मार्फत गोल गर्दै १-१ को अवस्था बनाए । तर ८२ औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई करिब जित नजिक लगेका थिए तर इन्ज्युरी समयको चौथो मिनेटमा रियलले डाइयो मार्फत गोल गर्दै टिमलाई २-२ को बराबरीमा रोके ।
बराबरीपछि बार्साको १७ खेलबाट ३८ अङ्क भएको छ र तालिकाको पहिलो स्थानमा कायम छ । १६ खेल खेलेको बेटिस भने २१ अङ्क सहित ११ औँ स्थानमा छ ।

Leave a Reply