प्रधानमन्त्रीलाई विमानस्थलमा प्रश्न- चीन भ्रमणपछि तपाईं नेतृत्वको सरकारको आयु लम्बिएको हो ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कांग्रेससँग भएको सहमति अनुसार नै शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने कुरा दोहोर्‍याएका छन्।

चीन भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब करिब १८ महिनापछि सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने बताए।

चीन भ्रमणमा जाने बेलामा सरकारको आयुबारे प्रश्न उठेको थियो। अब तपाईंको नेतृत्वको सरकारको आयु अलिक लम्बिएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने, ‘मैले एउटै कुरा कतिपटक भन्ने, मैले अब करिब१८ महिना होला सरकार चलाउने, मेरो पालो त्यसपछि मैले शेरबहादुर देउवाजीलाई हस्तान्तरण गर्छु। उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ।’

उनले कांग्रेससँग आगामी निर्वाचनसम्म सहकार्य गर्ने सम्झौता भएको बताए।

उनले थपे, ‘हामी सबैले बहुुमत ल्याउने कोशिस गरौंला। बहुमत आउँछ भन्ने हामीलाई विश्वास छ। हरेकलाई विश्वास होला। विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला। आएन भने अरु तरिका होलान्।’

उनले आफू उत्तरतिर ढल्किएको भन्ने कुरामा कुनै सत्यता नभएको चन्दै दक्षिण भ्रमण पनि हुने बताए। भारतिय मिडियाहरु मित्रहरुलाई भड्काउने आक्षेप लगाउने कुरा गर्नु राम्रो नभएको उनको भनाइ छ।

Comments

2 responses to “प्रधानमन्त्रीलाई विमानस्थलमा प्रश्न- चीन भ्रमणपछि तपाईं नेतृत्वको सरकारको आयु लम्बिएको हो ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    नेपालले चीनतिरका बाटा नै नखोलोस् अनि भनेको नमानेको दिन नाकाबन्दी लगाउँला भनेर बिआरआई को विरोध गरेका हुन भारतीय मिडियाले। भारतीय मिडिया नै कुनै मिडिया हुन् ? ती त गुण्डाहरूका मुखपत्र हुन् ।

  2. ksp pyl Avatar
    ksp pyl

    अब ऋण कि अनुदान भनेर भन्नेको मुखमा बुझो कोचिदिउँ किनकी यसो भनिरहने व्यक्ति भनेको लैनचौरको दलाल हो । सकेसम्म अनुदान नभए सफ्ट लोनमा खुरूखुरू काम अघि बढाउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *