धरानका मेयर हर्क साम्पाङको पत्रकारलाई धम्की

विराटनगर । धरानका मेयर हर्क साम्पाङले पुनः पत्रकारहरुलाई धम्की दिएका छन् । पत्रकार र सन्चार माध्यमलाई पटक पटक गाली गलौज र धम्की दिँदै आएका मेयर साम्पाङले सामाजिक सन्जालमा लेख्दै भोलि १० बजे पत्रकार सम्मेलनमा आउन उर्दी जारी गरेका छन् ।

उनले लेखेका छन, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! उनले पत्रकार सम्मेलनमा नाअए शीर ठाडो पारेर नेपालमा हिडन नसक्ने गरी बेइज्जत गर्ने बताएका छन । मेयर साम्पाङले लेखेका छन, नत्र तँ मुलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा । केही दिन आघि पत्रकार गोपाल दाहालले खोजपत्रकारिता केन्द्रका लागि धरानका मेयर हर्क साम्पाङको मन मौजी शासन शैलीका विषयमा समाचार लेखेका थिए ।

साम्पाङले दाहालको नाम नलेखे पनि खोज पत्रकारिता गर्ने पत्रकार भन्दै इङ्गित गरेका छन । उनले नेपाल पत्रकार महासघ सुनसरीका अध्यक्ष को नामै तोक्दै एइना हेर्दै थुक्ने बनाइदिने धम्की दिएका छन् ।

उनले लेखेका छन्, ‘जनक ऋषि भन्ने पनि आउनु । निक्कै फुरफुर गरिस् तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन ।

यस आघि पनि मेयर साम्पाङले पत्रकार र मिडिया हाउसलाई धम्की दिँदै आएका छन् ।

 

Comments

4 responses to “धरानका मेयर हर्क साम्पाङको पत्रकारलाई धम्की”

  1. RK Avatar
    RK

    राईको विरुद् राई नै ! छ्या !

    1. samir Avatar
      samir

      एकै जातको एक ठाँउमा हुनुपर्ने हो जातिवादि?!

  2. अमर Avatar
    अमर

    यो बहुला लाई हस्पीटल लईजाउन हो

  3. bharat kumar thapa Avatar

    लेखेको भरमा यसरी छाडा गाली होइन कानुन छ हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *