म अगाडि बढिसकेँ, माओवादीले अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले अब कसैको बैशाखी नटेक्ने बताएका छन्।

गणतन्त्र सेनानी कोषले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देशमा नयाँ क्रान्तिको लडाईँमा आफू अगाडि बढेको बताए।

 

उनले भने, ‘म त आफ्नो बाटो लागिसकेँ। माओवादीले अब कसैको वैशाखी टेक्दैन। माओवादीले अब आफ्नै खुट्टामा उभिएर लड्छ।माओवादीलाई अपमानित गर्न खोज्ने सबै प्रवृत्तिको विरुद्ध हामी लडाइँ लड्छौं। हाम्रो लडाइँ टुङ्गिएको छैन, जारी नै छ। म अगाडि बढिसकेँ, हामी सडकमा विशाल शक्ति ल्याएर प्रतिक्रियावादीहरुलाई परास्त गर्छौंँ।’

राजनीति स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएर अगाडि बढिसकेको भन्दै जनतालाई साथ दिन आग्रह गरे।

Comments

2 responses to “म अगाडि बढिसकेँ, माओवादीले अब कसैको बैशाखी टेक्दैन: प्रचण्ड (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    कता अगाडि बढ्यौ ? दिल्लितिर ? सबैलाई थाहा छ ।

  2. ksp pyl Avatar
    ksp pyl

    नेपालमा केही स्थिरता होला जस्तो भएपछि विदेशीले अस्थिरता सृजना गर्न निर्माण गरिदिएका टट्टुहरूलाई छटपटी हुन थालिसक्यो । दलाल टट्टुहरूलाई जनताले पानीमुनि गए पनि छोडने छैनन । विदेशीले खडा गरेका अन्य टट्टुहरू – दुर्गा, प्रभू, बालेन, भिम, धमला, विजय कर्ण, आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *