काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा प्रतिक्रियावादी र बुर्जुवाहरु भएको आराेप लगाएका छन् । काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई क्रान्तिकारीहरु अहिले प्रतिपक्षमा रहेको बताए ।
उनले भने, ‘अहिले प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौं । हामी फेरि एक किसिमको विद्रोहमा छौं । अहिले नयाँ ढंगले हामीले उहिल्यै आकलन गरेको जस्तै गणतन्त्रमा कसैले रोक्न सक्दैन । हामी माओवादी युद्धका सहभागीहरु सबै एकताबद्ध हुनैपर्ने आवश्यक छ । हामीले विभाजनको श्रृखला रोकेर एकताको बाटोमा अघि बढ्नुपर्नेछ । हामी त्यही गर्दैछौं । अहिले पनि लडाइँ त चलिरहेको छ ।’
जनयुद्धलाई राष्ट्रिय दिवस मनाउने आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई अदालतले रोकेको भन्दै त्यसको विषयमा पनि नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्ने बताए ।
उनले अहिले जनयुद्धमा जस्तै जनताको बीचमा गएर माओवादीले तागत देखाउने बेला आएको बताए ।

Leave a Reply