कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएकाे निवार्चन आयोगले जनाएको छ ।

Comments

2 responses to “कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित”

  1. ksp pyl Avatar
    ksp pyl

    समग्रमा एमालेले सोचेजस्तो परिणाम ल्याएन । हुन त काँग्रेस खस्किनु एमालेको लागि सुखद हो । एमालेको अहिले निराशाजनक परिणामका मुख्य कारण
    १. विदेशी शक्तिले मओवादी र एस च्यापेर एमाले हराउन लागे ।
    २ दुर्या प्रसाईं जस्ता वाहियातले कम्बोडियाजस्तो हावा र फेक कुरा गर्दा पार्टीले पर्याप्त प्रतिकार गरेन ।
    ३ रविलाई थुन्ने ओलिजस्तो लाग्यो जनतालाई जबकि काँग्रेस माओवादी हुन् ।
    ४ बालेन, कुलमानका कामलाई तर्कसँगत भन्दा पनि मुढेबलले प्रतिकार गर्न खोजियो ।
    ५. एमाले नयाँ जनतासम्म पुग्न सकेन । एसमा अलमलिएका र डर, करले त्यता लागेकालाई अब फर्काउन ढिला भैसक्यो ।
    ६. सरकारमा गएपछि अलि धमाका दिन पनि पुगेन । काँग्रेसका मन्त्रीले काम नगरे पनि हल्ला गरेका छन् । त्यसको तुलनामा एमालेका मन्त्रीहरू हराएजतस्ता भए ।काम गरे पनि प्रचार भएन ।

  2. शरद श्रेष्ठ Avatar

    अचम्म लागिरहेछ अझ पनि जनता उही पूरानै पार्टीका रातो मफ्लर लगाउनेलाई जिताउँदै छन् । जनता फेरिए पो देश फेरिन्छ । आखिर देश भनेको जनता नै त हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *