काठमाडौं- १६ : एमालेलाई दुवै चुनावमा हराउन नेकपा एस बन्यो निर्णायक

काठमाडौं । काठमाडौं महानगरपालिका- १६ वडामा भएको स्थानीय तहको उपनिर्वाचनमा दुई ठूला दल कांग्रेस र एमालेलाई पन्छाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाजी मार्‍यो । रास्वपाकी रोजिना श्रेष्ठले १५८४ मत ल्याउँदा कांग्रेसका देवेन्द्र पाठक १३०४ मतमा रोकिए ।

तेस्रो भएका एमालेका लक्ष्मीरत्न तुलाधर १२१८ मत ल्याउँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत प्राप्त गरे ।

नेकपा एकीकृत समाजवादीलाई माओवादीले समर्थन गरेको थियो । यो वडामा माओवादीको खासै जनमत नभएकाले नेकपा एसले पाएको मत आफ्नै संगठित मत हो ।

यहाँ गएको निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालले जितेका थिए, तर कांग्रेसले जितेको वडा अहिले रास्वपाले खोसेको छ ।

गएको निर्वाचनमा कांग्रेसका रिजालले ४,०१९ मत ल्याउँदा एमालेका लक्ष्मीरत्न तुलाधरले ३,३१० मत ल्याएका थिए । गएको निर्वाचनमा एकीकृत समाजवादीका लक्ष्मण गमालले १,५८९ मत ल्याएका थिए ।

पछिल्ला दुई निर्वाचनको चुनावी परिणामलाई विश्लेषण गर्दा काठमाडौं- १६ मा एमालेलाई हराउन नेकपा एस निर्णायक भएको देखिन्छ । यहाँ २०४९ र २०५४ मा दुई पटक एमालेबाट रामवीर मानन्धर वडाध्यक्ष बनेका थिए, तर २०७४ र २०७९ मा कांग्रेसका रिजालले निरन्तर जित निकालेका थिए । २०७९ मा एकातिर रामवीरको विद्रोह र अर्कोतिर नेकपा एमाले विभाजनबाट बनेको नेकपा एसले १५ सय मत कटाउँदा एमालेले हार व्यहोरेको थियो ।

रामवीरले २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा मेयरको प्रतिस्पर्धा गर्ने प्रयास गरेका थिए, तर एमालेले केशव स्थापितलाई टिकट दिएपछि पार्टीबाट अलग भएको घाषणा गरेर उनले मंसिरमा भएको आमचुनावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर काठमाडौं- ७ मा पराजित भए ।

यद्यपि अहिले उपनिर्वाचनअघि रामवीर एमालेमै फर्किए पनि एमालेलाई हराउन नेकपा एसले निर्णायक मत काट्यो । मानन्धर एमालेमा सक्रिय भएपछि पार्टीका उम्मेदवारको पक्षमा जममत देखिएन ।

काठमाडौं- १६ वडामा निर्वाचित श्रेष्ठ र एमाले उम्मेदवार लुलाधरबीचको मतान्तर ६८२ छ । माओवादीको सहयोगमा उम्मेदवार बनेका मानन्धरले ६५१ मत पाएका छन् ।

मतदान नै सबैभन्दा कम भएकाले सबै पार्टीको मत कम खस्दा नेकपा एसले पाएको ६५१ मत एमालेको हारमा निर्णायक बन्यो ।

यो वडा नेकपा एसका नेता तथा प्रदेशसभा सदस्य वसन्त मानन्धरको वडा हो । त्यसैले नेकपा एसले काठमाडौंको कीर्तिपुरको मेयरमा माओवादीलाई सघाएर यो वडामा माओवादीको साथ लिएको थियो ।

यता यो वडा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको पनि हो । कांग्रेसको तर्फबाट सरकारको नेतृत्वमा रहेका सिंहले आफ्नै वडामा पनि पार्टीको जित निकाल्न सकेनन् ।

काठमाडौं महानगरको सबैभन्दा ठूलोमध्येमा पर्ने यो वडाले शहरी जनमतको ताजा रुझानलाई देखाएको छ । यहाँ सोह्रखुट्टे, वनस्थली, बालाजु, म्हैपी, माछापोखरीलगायतका क्षेत्र पर्छन् ।

समग्रमा पनि यो उपनिर्वाचनको नतिजाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र उत्साहित भए पनि कांग्रेस, एमाले, रास्वपा, राप्रपाले अपेक्षित नतिजा ल्याउन सकेनन् ।

Comments

3 responses to “काठमाडौं- १६ : एमालेलाई दुवै चुनावमा हराउन नेकपा एस बन्यो निर्णायक”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीले एस गठन गरिदिएकै एमालेलाई हराउन हो ।माधव नेपालहरू टट्टु बन्न सफल भए पनि दिनदिनै हार्दैछन् ।

  2. ksp pyl Avatar
    ksp pyl

    अनि बालेन, कुलमानजस्ता फुच्चेसँग एमालेका नेता खुलेआम किन हल्ला गर्दै हिडने ? ती आफै सकिदै जान्छन् । महेश बस्नेतले बालेन, कुलमान भन्दै खुलेआम कराउनु काम छैन । तिनलाई त भित्रभित्रै थाहा नपाउने गरि सकिदिने पो हो । तिनीहरूले गरेका भ्रष्टाचार, अरकर्मण्डयताका कुरालाई पकडेर हल्ला नगरी जनतामा उदाङ्गो पार्ने हो । रविको बारेमा सूर्य थापाले धेरै अन्तर्वाता दिएको पनि सुहायन । जे छ त्यहि रिपोर्टमा छ भनेर पन्छिए भैगयो नि । किन पचासौं अन्तर्वार्ता र रविलाई गालि ? काँग्रेस बोलेको छ ? जबकि यो सबै गराउने काँग्रेस र विशेषत गगन हो । बढि बोल्नाले एमालेले रवि सक्यो भन्ने पर्यो जनतामा ।

    1. Umesh Avatar
      Umesh

      absolutely correct

Leave a Reply

Your email address will not be published. Required fields are marked *