सरकारले रविमाथि अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याएर तनाव दिने काम गर्दैछ: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सरसकारले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र व्यवसायी दुर्गा प्रसाईँलाई अनावश्यक तनाव दिने काम गरेको बताएका छन्।

निर्दोष वा दोषी फैसला अदालत गर्ने भन्दै अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने र नयाँ नयाँ आरोप थप्दै लानाले सरकारको नियतमाथि प्रश्न खडाएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, ‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन्। निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ। मेरो कुनै टिप्पणी छैन। अपराधीले उन्मुक्ति पाउनु हुँदैन। तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एकप्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडाभएको छ।’

यथाशिघ्र अनुसन्धान टुंगाई अदालतमा बुझाउन आग्रह गरेका छन्।

Comments

One response to “सरकारले रविमाथि अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याएर तनाव दिने काम गर्दैछ: कमल थापा”

  1. दावा Avatar
    दावा

    तिमी मन्डले गृहमन्त्री हुनु पर्ने थियो है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *