काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलका लागि खल्तीबाट टिकट काटेका दर्शकले मैदानभित्र छिर्न नपाएको गुनासो गरेका छन् ।
उनीहरुले मैदान प्रवेश गर्न नपाएपछि भन्दै खल्तीको टिकट काउन्टरमा पुगेका छन् ।
टिकट काउन्टरमा भिड बाक्लिएपछि प्रहरीले हटाउने कोशिस गरिरहेको छ । मैदानमा विराटनगर किंग्स र जनकपुर किंग्सबीचको खेल जारी छ ।
केही दर्शकहरु भने टिकटविनै गेटमा धकेलाधकेल गरेर मैदान छिरेका थिए ।


Leave a Reply