विद्वान गुरुङको दाबी- रविन्द्र मिश्रदेखि रवि लामिछानेको पार्टी पनि दरवारमै गएर मिल्नेछन्

काठमाडौं । नेपाली कांग्रेसले पर्वतमा १०० दिने अभियानको शुभारम्भ गरेको छ। पार्टीको प्रतिनिधि केन्द्रीय सदस्य पूर्वमन्त्री गोविन्दबहादुर शाहको प्रमुख आतिथ्यमा अभियान थालिएको हो।

अभियान शुभारम्भ कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आन्तरिक र बाह्य शक्तिहरूले अहिलेको व्यवस्थालाई ढालेर देशमा अस्थिरता ल्याउन खोजेको बताए।

कांग्रेसले यस्ता चुनौतीहरू विगतबाट नै भोग्दै आइरहेको भन्दै नेपालका कम्युनिस्ट पार्टीहरूको चुनौती कांग्रेसले नै बोकिरहेको बताए।
उनले भने, ‘नयाँ आएका पार्टीहरू कहीँ न कहीँबाट सञ्चालनमा रहेका छन्। रवीन्द्र मिश्रदेखि रवि लामिछानेका पार्टीहरू अन्तिममा दरबारमा नै गएर मिल्ने उद्देश्य बोकेर आएका छन्।’

सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने नेपाली काँग्रेसका पर्वतका सभापति युवराज जोशीले बताए। अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने उनको भनाइ छ ।

काँग्रेसमा रहेर काँग्रेसको चिन्ता नै नगर्ने व्यक्तिहरूले नै पार्टी कमजोर भएको भन्दै गफ गर्न नसुहाउने तर्क गरे। काँग्रेसमा समस्या रहेको भन्दै बाहिर कुप्रचार गरेर काँग्रेसलाई कमजोर बनाउन खोजिएको भए पनि अवस्था त्यस्तो नभएको सभापति जोशीले आग्रह गरे।

Comments

One response to “विद्वान गुरुङको दाबी- रविन्द्र मिश्रदेखि रवि लामिछानेको पार्टी पनि दरवारमै गएर मिल्नेछन्”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    भाइ तिम्रो सभापतिले दरबारमै गएर सत्ता बुझाएको बिर्सियौ? राजतन्त्र आवश्यक छ, गाडतन्त्र मूर्दाबाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *