काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सबाट खेल्न ओमानका आकिब इलियास र स्कटल्याण्डका क्रिस सोल नेपाल आइपुगेका छन् ।
विराटनगर किंग्सबाट एनपीएल खेल्न आकिब र क्रीस बिहीबार बेलुका नेपाल आइपुगेका हुन् ।
विराटनगर किङ्समा अनुबन्ध भएका मार्टिन गुप्टिल बिहीबार दिउँसो र क्यानडाका निकोलस किर्टोन बुधबार नेपाल आइपुगेका थिए । आफगानिस्थानका इस्मत आलम आउन बाकी छ ।

Leave a Reply