काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । भर्खरै उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट बाहिर निकाल्यो ।
प्रहरीको गाडीमा रविलाई निकालिँदा विमानस्थलको गेटबाहिर उनका समर्थकले नारावाजी गरिररहेका छन् ।
रविलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । रविका समर्थकले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेका छन् । भोलि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा रविको बयान हुने बताइएको छ ।


Leave a Reply