कीर्तिपुरबाट लिङ्देनको अपिल- कांग्रेस, एमाले र माओवादीबाट देशलाई मुक्त गर्न मन र मत परिवर्तन गरौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कांग्रेस, एमाले र माओवादीले बन्धक बनाएको आरोप लगाएका छन्।

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठूला दलले देशलाई बन्धक बनाएको भन्दै जनताले भोटमार्फत् विकल्प खोज्नुपर्ने बेला आएको बताए।

उनले भने, ‘यो पटक मन त मत परिवर्तन गरौं, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ अगाडि उभ्याएको छ। प्रष्ट दृष्टिकोणका साथ अघि बढेको छ। यो पार्टीलाई मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्न अपिल गर्छौँ।’

उनले कीर्तिपुरबाट देश कस्तो बनाउने भन्ने उदाहरण पेश गर्न चाहेको बताए। राप्रपाले जितेको स्थानीय तहमा कस्तो काम गर्छ भन्ने हेर्नको लागि झापाको हल्दिबारी गाउँपालिकामा जान आग्रह गरे।

Comments

4 responses to “कीर्तिपुरबाट लिङ्देनको अपिल- कांग्रेस, एमाले र माओवादीबाट देशलाई मुक्त गर्न मन र मत परिवर्तन गरौं (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    राजाको खुट्टा मलेर खाउँला भन्ने दिन गए अब ।

    1. manoj bohara Avatar
      manoj bohara

      jholey jholey ….manai parxa tapai lai ..:)

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    नेता का खुट्टा मलेर खाने व्यवस्था फाल्नै पर्छ।

    1. manoj bohara Avatar
      manoj bohara

      well said

Leave a Reply

Your email address will not be published. Required fields are marked *