कीर्तिपुरमा राजमानलाई भोट माग्दै हर्क साम्पाङ, धरानबाट आएर घरदैलोमा हिँडे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कीर्तिपुर नगरपालिकाको मेयरको स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गरेका छन् । सोमबार काठमाडौं आएर साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो समेत गरे ।

उनले आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि समर्थन गर्न आएको सुनाए ।

सरसफाइ अभियन्ता रहेका महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दलहरूलाई चुनौती दिन भन्दै स्वतन्त्र उम्मेदवारहरू पनि एकैठाउँमा आउँदैछन् ।

कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ ।

Comments

3 responses to “कीर्तिपुरमा राजमानलाई भोट माग्दै हर्क साम्पाङ, धरानबाट आएर घरदैलोमा हिँडे”

  1. Laleek Avatar
    Laleek

    कीर्तिपुरका मेयरका उम्मेदवार जसले आफ्नो पहिचानको जस्ले महर्जन थरलाई नामेट पारि जव मानव भन्ने राखे बुझियो अरू सवैले दवाउ खोजेकोलाई साथ दिए मानव शव्दले । उनको घर अगाडि खिखामुथ थियो जुनबेला उनि कहाँ थियो, अव अरूले सफा गरेको ठाउँमा कुचो ब्रस लेखाएर, लिएर नगर सफा ….. असम्भव, त्यो पनि विश्व सफा गर्ने ?

  2. ksp pyl Avatar
    ksp pyl

    आवाराले झन् भोट बिगारिदिने भयो ।

  3. jagat magar Avatar
    jagat magar

    हर्के बौलाह आउनाले लोद्धर लागेर चुनाव हारियो भन्न सजिलो हुने पो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *