काठमाडौं महानगरको एक लाख जरिवानाको पत्रबारे एमाले- त्यसको कुनै औचित्य छैन

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँको जरिवाना तोक्नुको कुनै औचित्य नभएको बताएको छ।

शुक्रबार दरबारमार्गमा गरेको जागरण सभाका क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेको थियो।

महानगरले हतार हतारमा जरिवानाको पत्र सार्वजनिक गरेपनि त्यसको कुनै औचित्य नभएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले बताए।

उनले भने, ‘हिजो कार्यक्रम सकिएलगत्तै हाम्रो स्वयम्स्वेकहरुले सबै व्यवस्थापन भइसकेको छ। हाम्रो तर्फबाट भएको फोहोर सबै सफा गरिसकेका छौं। हामीले फोहोर हटाइसकेपछि त्यो पत्रको के औचित्य हुन्छ। त्यो पत्रको कुनै अर्थ छैन। त्यो प्रतिशोधपूर्ण भयो भन्ने हाम्रो बुझाइ छ।’

अब एक लाख जरिवाना नै तोकेको छ, अब एमालेले तिर्छ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘त्यो पत्रको कुनै औचित्य नै छैन। हामीले सरसफाइको काम हिजै गरिसकेका छौं। महानगरले आफ्नो काम गर्यौं, हामीले हाम्रो काम गरिसकेका छौं। अब हेरौं कसरी अगाडि बढ्छ।’

नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमालेलाई काटेको पत्रमा महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको उल्लेख छ।

तर, एमालेलाई महानगरले जरिवाना तोकेपछि महासचिव शंकर पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन शाह एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा पुष्टि भएको दाबी गरेका छन्।

महासचिव पोखरेल फेसबुकमा लेखेका छन्, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो। संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो। अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा।’

पछिल्लो समय प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली र महानगर प्रमुख बालेन साहबीच सार्वजनिक रुपमै आरोप-प्रत्यारोप चलिरहेको छ।

Comments

3 responses to “काठमाडौं महानगरको एक लाख जरिवानाको पत्रबारे एमाले- त्यसको कुनै औचित्य छैन”

  1. Chetraj bista Avatar
    Chetraj bista

    बालेनको स्टनवाज पनि अति भयो।

  2. samir Avatar
    samir

    काङ्ग्रेस-एमाले-माओवादीले बिगार्न , भत्काउन र मार्न बाहेक अरु के जानेको छ?
    सबै नेपालीले यी पुराना भ्रष्ट पार्टीलाई बहिष्कार गरौं ।

  3. ksp pyl Avatar
    ksp pyl

    ओलि र एमाले विरोधी – भारतीय दलालहरू, एमाले बाहेक अन्य पार्टीका कार्यकर्ताहरू, तस्करहरू, कर छल्नेहरू, पश्चिमाका दलालहरू, पहिले एउटा बंशलाई भगवान मान्नेहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *