बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं मानगरका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् ।

हिजो दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना गरेको सम्बन्धमा पोखरेलले आक्रोश पोखेका हुन् ।

कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा जरिवानाको प्रचार गरेर बालेनले स्टन्टवाजी गरेको उनको जिकिर छ ।

‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा’, महासचिव पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् ।

मञ्च र वरपरका सामग्री हटाउने काम भइरहँदा समय अगावै जरिवानाको पर्चा सार्वजनिक गरिएको उनको भनाइ छ ।

‘नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो’, उनी भन्छन् ।

Comments

2 responses to “बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    मार्क्सबादीहरू तानाशाही नै हुन्छन् भन्ने यिनको भनाइले पुष्टी गर्छ। बिरोध गरेको सुन्नै नचाहने, आफूले कानून तोड्न पाउनुपर्ने जस्ता उ. कोरियाली शासक चरित्र देखाउछन् त ।

  2. ksp pyl Avatar
    ksp pyl

    अकस्मात मेयर पद हात लाग्यो । भूईमा खुट्टै छैन । भूईफुट्टा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *