सुरू भयो एमालेको जागरण सभा (तस्बिरहरू)

काठमाडौं । राजनीतिक र सामाजिक अराजकता मच्चाउनेविरुद्ध नागरिकलाई सचेत बनाउने उद्देश्यसहित नेकपा एमालेले आयोजना गरेको जागरणसभा सुरू भएको छ ।

भद्रकालीबाट सुरू भएको र्‍याली सुन्धारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत भएको छ । नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुरको आयोजनामा सभा सुरू भएको हो ।

कार्यक्रममा उपत्यकाका तीनवटा पार्टी, जनसंगठन, उपत्यका समन्वय तथा विभिन्न जिल्लाका काठमाडौं सम्पर्क मञ्चका साथै नेकपा एमालेका शुभेच्छुक, शुभचिन्तकको ठुलो सङ्ख्याका उपस्थिति छ ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षता तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पार्टीका सचिवहरू, अनुशासन आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार अध्यक्ष, स्थायी कमिटी सदस्यहरू, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय सदस्यहरू, जनसंगठनका प्रमुखहरू लगायतको सहभागिता रहेको छ ।

सभाको अध्यक्षता गर्दै निरौलाले जनतामा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *