विआरआईबारे कांग्रेसले भन्यो- चीनले प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन भएको छैन, ऋण लिन सकिँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चिनियाँ सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान नै कार्यान्वयन नगरेकाले ऋणतर्फ जान नहुने भएका छन्।

कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरुबारे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै चिनिया परियोजना विआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको प्रष्ट पारे।

उनले भने, विआरआईबारे कांग्रेसको दोधारे नीति छैन, हामीले ऋण लिन हुँदैन भनेका हौं। हामीले अहिले अनुदान सहयोगमा जोड दिएका छौं। चिनियाँ सरकारले अनुदानको प्रतिबद्धता गरेको धेरै बर्ष भइसक्यो, कार्यान्वयन भएको छैन। अनुदान नै कार्यान्वयन भएको छैन, अनि ऋणको कुरा गरेर के अर्थ, हाम्रो ऋणको भार पनि धेरै भएको छ, चिनियाँ सरकारसँग मात्रै होइन, कुनै सरकारसँग पनि ऋण लिने बाटोमा जान हुँदैन।

उनले विआरआइ अन्तर्गत नै अनुदान सहयोग दिने आग्रह गरे।

उनले थपे, विआरआइको कुरा भइरहेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाको कुरा पनि हुनुहुन्न भन्ने हाम्रो कुरा हो। विआरआइ अन्र्तगत नै अनुदान कार्यान्वयन गरे भयो ऋण लिनुहुन्न भनेका हौं।

Comments

2 responses to “विआरआईबारे कांग्रेसले भन्यो- चीनले प्रतिबद्धता गरेको अनुदान कार्यान्वयन भएको छैन, ऋण लिन सकिँदैन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    आजभोलि दिनरात दक्षिणबाट काँग्रेसका नेतालाई बिआरआई तुहाउन सक्रिय होउ भनेर निर्देशन आएजस्तो छ । के कोहिसँग पनि ऋण नलिने भनेको हो काँग्रेसले ? कि चीनसँग मात्र ? अरूबाट जस्तै सहुलियत दरमा लिएर भए पनि दीर्घकालीन महत्वका काम गर्न भाँजो हाल्ने हो भने त काँग्रेसलाई सिधै भारतको टट्टु भने भैहाल्यो नि । यस्ता टट्टुलाई नेपाली जनताले ईतिहासमा सीमित गरिदिन्छन् । याद गर । अनि यदि चीनले ल यो यो बिआरआईका परियोजनाहरू अनुदानमा बनाईदिन्छु भन्यो भने पनि काँग्रेसले नयाँ योजना भए अनुदानमा पनि हुँदैन भन्छ । हेर्नुहोला । मुख्य ध्यान देश विकास होईन भारतको नोकरी गर्नुपरेपछि भन्नै पर्ने होला । स्वाभिमान गुमाएका दासहरू । ओलिले त कनम अघि बढाउन खोजेका छन् । चीनसँग सम्पर्क बढदा भारतसँगको मात्र निर्भरता हटेर जान्छ । त्यसो हुँदा दलाली गरेर ज्यान पालेकाहरू बेरोजगार हुने भए ।

  2. Ram kafle Avatar
    Ram kafle

    चिनः
    पहिले गन्तब्यहरुको भब्य लगानि, विकास अनि पर्बर्धन!
    दुनिया स्याल हुईयामा रहदा चिन निरन्तर चमत्कारमा रह्यो, पछिल्लो ४ दशक।
    देखि, आज दुनिया छक्क पार्ने पुर्बाधार र उत्पादन … बिकास र नेतृत्वको परिभाषानै बदल्नु पर्ने समय आयो – china model!

    नेपाल…
    बिना तयारिः
    अगतिला मान्छे, सेबा र गन्तब्यहरुको पर्बर्धन
    पेट र परिबार बाहिर जान नसक्ने मगन्तेहरुको पेशा हो!
    हाम्राहरु त्यहि गर्छन!

    लाखौं नेपालीहरु, विशेषत शासक र प्रशाकहरुको विदेश तालिम र अघ्यान, दुनिया घुम घाम – रक्सि, सुन र लुगा खरिद बाहेकमा कहिले काम आयको छैन, देखिदैन।

    भलै हाम्रो शिक्षा, धर्म, कर्म, समाज, बिचार र उद्गम र गन्तब्य फरक रहेको किन नभनियोस।

    हुनत हामी पेट भेर्न र जिउ ढाक्न जिबित रहेका भिड भित्रको पात्रहरु हौं… हुने यस्तै हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *