आज एमालेको शक्ति प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ ।

दरबारमार्गमा जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।

बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने छ ।

एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका छन् ।

Comments

One response to “आज एमालेको शक्ति प्रदर्शन”

  1. ksp pyl Avatar
    ksp pyl

    विदेशीको पैसा खाएर विहानदेखि रातीसम्म एमाले र ओलिको विरोध मात्र गर्ने दलालहरूलाई देखाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *