आफ्नै टीमका खेलाडीमाथि जातीय टिप्पणी गरेपछि रोड्रिगोमाथि सात खेलको प्रतिबन्ध

हेटौंडा । इङ्लिस प्रिमियर लिग क्लब टोटानह्याम्पका स्टार मिडफिल्डर रोड्रिगो बेन्टानकरलाई युरोपमा हुने हरेक प्रकारको सात फुटबल खेलमा प्रतिबन्ध लगाइएको छ ।

एक टिभी अन्तर्वार्तामा टोलीका साथी ह्युङ मिन सनका बारेमा गरेको कथित नस्लवादी टिप्पणी गरेको भन्दै रोड्रिगोमाथि सातवटा घरेलु प्रतियोगितामा प्रतिबन्ध लगाईएको हो । टिभि अन्तर्वार्तामा कार्यक्रम प्रस्तोताले रोड्रिगोलाई स्पर्स खेलाडीको जर्सी देखाउन आग्रह गरेको देखाएको थियो तर बेन्टानकुरले जवाफ दिए ‘सोनीको’ यो सनीको भतिजा पनि हुन सक्छ किनकि तिनीहरू सबै उस्तै देखिन्छन् ।’

आफ्नै टीमका खेलाडी साथिमाथि अभद्र टिप्पणी गरेको भन्दै फुटबल यसोसिएसन (एफए)ले उनलाई सात खेलको प्रतिवन्ध लगाएको हो । प्रतिवन्ध पश्चात रोड्रिगोले प्रिमियर लिगमा म्यान्चेस्टर सिटि, चेल्सी र लिभरपुलविरुद्धको खेल गुमाउने छन् भने लिग कपको क्वाटरफाइनल खेल पनि गुमाउने छन् ।

२७ वर्षका रोड्रिगोलाई एक लाख युरो जरिवाना पनि तोकिएको छ । युरोपेली फुटबलमा नश्लवादी टिप्पणीलाई ठुलो अपराधको रुपमा लिइने गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *