अमेरिका, फ्रान्स र बेलायतले युक्रेनलाई दिए लामो मिसाइलबाट रुसको भित्री भूमि आक्रमणको अनुमति

काठमाडौं ।कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको भित्री भूमिमा आक्रमण गर्ने अनुमति दिएका छन्।

अमेरिकी मिडियाले सार्वजनिक गरेको जानकारी अनुसार यस अगाडि प्रयोग गर्न बन्देज गरिएका लामो दूरीका मिसाइल रुसी भूमिमा हान्न बाइडेनले अनुमति दिएका छन् ।

दश हजार बढी उत्तर कोरियाली सेना रुसमा आएको जानकारी सार्वजनिक भएपछि यस्तो खबर आएको हो ।

उता, अमेरिकी लय समातेर फ्रान्स र बेलायतले पनि आफूले यस अगाडि रुसी भित्री भागमा मार हान्न अनुमति नदिएका मिसाइल हान्न अहिले अनुमति दिएका छन् । किभ इन्डिपेन्डेन्ट लगायतका मिडियाले यो खबर सार्वजनिक गरेका छन् ।

आजै सार्वजनिक भएको एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको आग्रह नटेरी लामो मिसाइल हान्न दिनु भनेको पश्चिमा देशको सिधा युद्धमा भाग लिएको हुनाले रुसले कुनै नेटो पोस्टमा हमला गर्न सक्ने बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *