प्रचण्डलाई चन्द्र भण्डारीले भने- सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍याे (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेता भएर भ्रष्टाचार गर्नेलाई जेलमा राखेर मात्रै नपुग्ने बताएका छन्। सामुदायिक समाजवादको बहसमा बोल्दै आज नेता भन्नेबित्तिकै जनताले गाली गर्ने बताए।

उनले भने, ‘नेता भनेको विश्वलाई चलाउने, जनतालाई निर्देशित गर्ने नेता नै भ्रष्टाचारी भयो भनेपछि देश कसरी चल्छ। भ्रष्टचार गर्नेले नेता भन्दा अर्को अपमान भयो। त्यसकारण भ्रष्टाचार गर्नेहरुलाई जेलमा राखेर मात्रै पुग्दैन प्रचण्डजी यो कुरा हामीले सुरु गर्नुपर्छ अब हामीले मुलुक बनाउने भए।’

उनले प्रचण्डलाई अब लिनु केही नभएको भन्दै देश बनाउने अभियानमा लाग्न आग्रह गरे।

उनले भने, ‘सिंगो दुनियाँलाई नचाउने र नाच्ने प्रचण्डजी यहाँ हुनुहुन्छ। धेरै कमलो बन्न भएन। म त सोझो सँगै बाँचौला सँगै मरौँला भनेपछि पग्लिए रे। यसरी पग्लिएपछि के हुन्छ मुलुक। यो पग्लिने बाटो छाड्नुपर्यो, देश रित्तिदै गइसक्यो। विदेशबाट ऋण लिएर नचल्ने विमानस्थल बनाएर देश चल्छ।’

Comments

2 responses to “प्रचण्डलाई चन्द्र भण्डारीले भने- सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्‍याे (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    खान पाईन्छ भने प्रचण्डले जे पनि मान्ने देखियो । शर्त पद मात्र हो । मान्छे मारेकै प्रधानमन्त्री खान हो । अहिले आफू र परिवारको जीवनशैली हेरौं त । परिवर्तन भनेर गरिएको नक्कली कुरा यहि आफ्नो र परिवारको परिवर्तनको लागि हो ।

  2. Vir Gorkhali Avatar
    Vir Gorkhali

    देशभक्त क्रान्तिकारी नेपाली मोर्चा – यदि चन्द्र भण्डारीज्यु लाइ नेपाली कांग्रेसका र एमालेका नेताहरु भ्रस्ट लाग्छन भने गणेश मान र कृष्ण प्रसाद भट्टराईले जस्तै कांग्रस छोडेर तेश्रो जन आन्दोलनको लागि मंगसिर ७ गते दुर्गा प्रसाईको अभियानमा जोडिन आउनु होस् अनि मात्र विश्वास गरौंला तपाई नेपालको भविष्यको लागि कति चिन्तित हुनु हुन्छ भनेर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *