स्मार्टच्वाईस टेक्नोलोजिज र खल्तीबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(SCT) र भुक्तानी सेवाप्रदायक संस्था खल्ती प्रा. लि.(Khalti Digital Wallet)बीच “स्मार्ट क्यूआर”मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात खल्ती डिजिटल वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टर अपरेवल क्यूआर कोड हो ।

खल्ती प्रा. लि. को कार्यलयमा आयोजित कार्यक्रममा SCTका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनोज घिमिरे र Khalti Digital Wallet का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विनय खड्काले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्मार्ट क्युआर (SmartQR) मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात खल्ती डिजिटल वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *