काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ ।
बुधबार केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गुरुङसँग बयान लिएको हो । झन्डै ४ घण्टासम्म गुरुङसँग बयानले आवश्यक सोधपुछ गरेको थियो ।
मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।
ज्योती उक्त सहकारीको सन्चालक थिइन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा रिण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको थियो ।

Leave a Reply